'व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने' निर्देशनको पालना गर्न इसेवाको अपिल
काठमाडौँ । नेपाल सरकारको आर्थिक विधेयक २०८१ बाट आयकर ऐन २०७८ को दफा ८१ क अन्तर्गत व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने नियमको कडाइका साथ पालना गर्न इसेवाले अपिल गरेको छ ।
आन्तरिक राजस्व विभागको निर्देशन अनुसार कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यू आर कोड तथा अन्य कुनै पनि विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन ।
व्यापार व्यवसायमा भुक्तानी कारोबारलाई सहजीकरण गर्न मर्चेन्ट बनेर भुक्तानी रकमको निम्ति आफ्नो व्यावसायिक खाताको प्रयोग गर्न इसेवाले सुझाव दिनका साथसाथै सो कार्य सम्भव गर्न हरबखत तयार रहेको प्रतिद्धता जनाएको छ ।
आफ्नो व्यापार व्यवसायमा भुक्तानी लिन इसेवा मर्चेन्ट खाता खोल्न आग्रह गर्दै कम्पनीले भनेको छ- व्यावसायिक खातामा क्यू आर तथा अन्य कुनै माध्यमबाट रकम भुक्तानी गर्दा कुनै पनि प्रकारको शुल्क लाग्दैन । नेपाल सरकारको यो निर्देशनको कडा रुपमा पालना गरी आफ्नो व्यापार-व्यवसायमा भुक्तानी लिनको लागि आजै इसेवा मर्चेन्ट बन्न इसेवा हार्दिक अपिल गर्दछ ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को बजेटको पूर्णपाठमा उल्लेखित "व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यूआर कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था" बमोजिम व्यावसायिक कारोबार व्यावसायिक क्यूआर मार्फत गर्न प्रोत्साहनका लागि अगस्ट १ देखि इसेवाको Send Money सेवा प्रयोग गरी कारोबार गर्दा दिनमा ३ पटक गरि महिनामा ३० पटक सम्म नि:शुल्क रहने जनाएको छ । साथै रु.१०० मुनिका सबै Send Money कारोबार निःशुल्क रहने कम्पनीले जनाएको छ । यो बाहेकका सबै Send Money कारोबारमा प्रति कारोबार रु.१० सेवा शुल्क लागू हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण