काठमाडौँमा थपियो नयाँ हल
काठमाडौँ । काठमाडौँमा नयाँ फिल्म हल खुलेको छ । सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनले नयाँ हल खोलेको हो । बिहीबार साँझ आयोजित एक समारोहबिच अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जितु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले हलको संयुक्त उद्घाटन गरे ।
तीनवटा पर्दाका साथ विभिन्न सुविधा सहित खुलेको हलमा ४ सय ९७ दर्शकले एकसाथ फिल्म हेर्न सक्छन् । सिटी स्क्वायर मलको नौ तल्लामा खुलेको हलको हरेक पर्दामा सोफा सेट सहित सुतेर फिल्म हेर्न मिल्ने सिटहरू जडान छ ।
विशेषतः यो हलका सबै थिएटरमा पिक्चर र साउन्ड क्वालिटीलाई उच्च प्राथमिकतामा राख्दै एसियाकै सर्वोत्कृष्ट साउन्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको सञ्चालक सुमित मैनालीले जानकारी दिए ।
करिब १८ करोडको लागतमा निर्माणमा ल्याइएको यो हललाई नेपालकै अग्रणी मल्टीप्लेक्स चेन क्यूएफएक्स ब्रान्डले व्यवस्थापनको जिम्मेवारी लिँदै देशभर आफ्नो हल सङ्ख्या १७ वटा पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानकी चर्चित मानवअधिकार अभियन्ता महरंग बलोचलाई आजीवन कारावास
-
वैदेशिक रोजगार : सरकारी नीतिकै मार, श्रमिकमाथि थपिँदो आर्थिक भार
-
बुधबार कुन सहरको मौसम कस्तो ?
-
मुन्योसको गोलमा कङ्गोविरुद्ध कोलम्बियाको अग्रता
-
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
-
चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण