काभा नेसन्स लिग : आज नेपाल र भारतबिच प्रतिस्पर्धा
काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र भारत भिड्दै छन् । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुने आजको पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन् । यो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ ।
लिग चरणमा एक खेलमात्र खेलेको नेपालको खातामा ३ अंकमात्र छ । नेपालले लिगको उद्घाटन खेलमा श्रीलङ्का माथि ३–० को सोझो सेटमा जित हात पारेको थियो ।
लिग चरणको दुई खेलमा अपराजित रहेको भारत ६ अङ्कमा तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा इरानमाथि ३–१ को सेटमा विजयी भएको भारतले लिग चरणको दोस्रो खेलमा मालदिभ्सलाई सोझो सेटमा पाखा लगाएको थियो ।
जारी लिगमा भारत नेपालका लागि बलियो प्रतिद्वन्द्वी मानिन्छ । यसअघिका भेटमा नेपालमाथि भारतीय टोली हाबी हुँदै आएको छ ।
सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भारतलाई १ सेट मात्र पराजित गरेको थियो । त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा हो । तर पनि नेपाल सागमा भारतसँग पराजित भएको थियो ।
त्यस्तै, आज हुने दोस्रो खेलमा इरान र मालदिभ्स खेल्नेछन् । सोही कभर्ड हलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीइभीटीको एकेडेमिक काउन्सिलमा ४ जना विज्ञ नियुक्त
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण