माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
आइतबार, २० साउन २०८१, २० : ३०
सिन्धुली । सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिच्यानीका २७ वर्षीय नवीन धामी दनुवार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार आज नवीन, सोही ठाउँका ५० वर्षीय जङ्गबहादुर धामी र ५१ वर्षीय इन्द्र सापकोटा विद्युतीय तारको प्रयोग गरी स्थानीय बंका खोलामा माछा मार्न गएका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई दुधौली नगर अस्पताल सिर्थौली पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका उनले जानकारी दिए । मृतक नवीनको साथमा गएका जङ्गबहादुर र इन्द्र सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण