मेरो कार्यकालमा खेलकुद क्षेत्रले फड्को मार्छ : खेलकुदमन्त्री चौधरी
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रिया तथा बधाई कार्यक्रमको अवसरमा मन्त्री चौधरीले खेलकुद क्षेत्रमा धेरै सम्भावना रहेको र आफ्नो कार्यकालमा यसको विकास गर्ने धारणा राखेका हुन् । भविष्यमा राजनीतिज्ञहरूका लागि पनि खेलकुद मन्त्रालय रोजाइमा पर्ने तवरबाट काम गर्ने उनले बताए ।
मन्त्री चौधरीले नेपाली खेलाडीको पलायन रोक्न उनीहरूलाई राम्रो रोजगारीको अवसर दिनुपर्ने औँल्याए । उनले भलिबल खेल्दा विभिन्न संस्थानको प्रतिनिधित्व गरेर खेल्ने गरे पनि अहिले त्यो अवस्था नरहेको उल्लेख गरे । अहिले विभागीय टोलीमा मात्र छन् र खेलाडीहरूलाई राम्रो अवसर दिनेसके पलायन हुनबाट रोक्न सक्ने मन्त्री चौधरीको भनाइ छ ।
आफ्नो कार्यकालमा खेलकुद क्षेत्र विवादरहित बनाउने मुख्य लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री चौधरीले ऐननियम अनुरूप नै आफू अगाडि बढ्ने बताए । खेलकुद क्षेत्रमा आफू केही योगदान गर्ने उद्देश्यले आएको मन्त्री चौधरीले बताए । त्यसैले खेलकुदको कार्यकारी निकायमा जुनसुकै व्यक्ति भएपनि ऐनअनुसार काम गरे आफ्नो सहयोग रहने उनको लक्ष्य छ । उनले पूर्वमन्त्रीहरूले गरेका राम्रा काम भए त्यसलाई आफूले पनि निरन्तरता दिने बताए ।
नेपाली खेलकुद क्षेत्र एउटा व्यक्ति ४०/५० वर्षसम्म एउटै पद अध्यक्ष या महासचिव पदमा बसिरहेको अवस्था पनि रहेको मन्त्री चौधरीले उल्लेख गरे । अब त्यो अवस्था हटाउने प्रयासमा आफू रहेको उनले बताए ।
मन्त्री चौधरीले एउटै मानिस जहिल्यै त्यही पदमा बसिरहनुको अर्थ केही खराब काम पनि भइरहेको शंका गर्नुपर्ने पर्याप्त ठाउँ रहेको धारणा राखे । आगामी दसौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै हुनेगरी अहिले काम भइरहेको मन्त्री चौधरीले प्रष्ट पारे ।
राष्ट्रिय खेलकुद आयोजनाका लागि अब झन्डै ९० दिन बाँकी रहेको र आफूले व्यवस्थित तवरबाट खेल आयोजना गर्नेगरी योजना बनाउन आफू मातहतका निकायलाई निर्देशन दिएको मन्त्री चौधरीले उल्लेख गरे । यस पटक पनि पूर्वाधार अभावमा कर्णाली प्रदेशमा २४ खेल मात्र खेलाइने उनले संकेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेविरुद्ध पूरक अभियोग लैजाने प्रहरीको तयारी
-
झलमल्ल धरहरा, तस्बिरमा हेर्नुहोस्
-
भाषा, संस्कृतिको संरक्षणमा सरकार गम्भीर छ : मुख्यमन्त्री लामा
-
संसदीय समितिको २० देखि २५ प्रतिशत निर्देशनमात्र कार्यान्वयन
-
विधायन व्यवस्थापन समितिले दसैँअघि दुई विधेयकमाथिको छलफल सक्ने
-
शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानुन कडाइका साथ लागु गरौँ : सांसदहरू