हसिना हाललाई भारतमै बस्ने, लन्डन यात्रा अनिश्चित
नयाँ दिल्ली । बङ्गलादेशमा विद्यार्थीहरूको प्रदर्शन र हिंसा जारी छ । सोमबार प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर भारत आइपुगेकी शेख हसिना केही समय अझै भारतमै बस्ने भएकी छिन् । अगाडिको यात्रा अनिश्चित बनेपछि उनी अब केही दिन भारतबाहिर जाने सम्भावना छैन । यतिबेला हसिना कडा सुरक्षाबिच अज्ञात स्थलमा बसेको बताइएको छ ।
हसिना भारतबाट लन्डन जाने चर्चा सुनिएको थियो । तर उनले यतिबेला अरू नै ठाउँबारे विचार गरिरहेको बताइएको छ । हसिनाले बेलायतमा कानुनी सुरक्षा पाउने सम्भावना नभएको बेलायत सरकारले स्पष्ट पारिसकेको छ । हसिना भारतको हिँड्न विमानस्थलमा आइपुग्नु अघि उनका सहयोगीहरूले भारतीय अधिकारीहरूलाई यसबारे जानकारी गराइसकेका थिए ।
बङ्गलादेशबारे बेलायती विदेश मन्त्रीले के भने ?
सोमबार बेलायती विदेशमन्त्री डेभिड ल्यामीले लन्डनमा गएको केही हप्तादेखि बङ्गलादेशमा उग्र हिंसा देखिएको बताएका थिए । बङ्गलादेशमा देशव्यापी हिंसाबिच जनधनको ठुलो क्षति भइरहेको र त्यहाँ संयुक्त राष्ट्र संघको नेतृत्वमा पूर्ण र स्वतन्त्र जाँच हुनु पर्ने धारणा ल्यामीले राखेका थिए । आफ्ना यात्रामा अड्चन आएपछि हसिना अरू केही दिन भारतमै रहन सक्ने स्रोतले बताएको भन्दै भारतीय सञ्चार माध्यमले समाचार छापेका छन् । स्थिति गतिशील बताउँदै स्रोतले यस मामिलामा अगाडि के हुन्छ भन्न नसकिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि जारी
-
औषधि अभाव रोक्न ‘न्यूनतम मौज्दात’ को नयाँ व्यवस्था गरिँदै
-
मनसुनजन्य विपद् प्रतिकार्य : देशैभर सेना र सशस्त्रको उच्च सतर्कता, उद्धारमा हेलिकप्टर र बेलीब्रिज ‘स्ट्यान्डबाइ’
-
श्रम संस्कृति पार्टीको मूल्य र मान्यता नै श्रमदान हो : सांसद संग्रौला
-
निर्माण व्यवसायी सङ्घ धनुषाद्वारा तालाबन्दी
-
इरान–कतार वार्ता : रोकिएका सम्पत्ति र अमेरिका–इरान सम्झौताबारे छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण