सुनको मूल्य थप घट्यो, कतिमा हुँदैछ कारोबार ?
बुधबार, २३ साउन २०८१, १० : ३५
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य थप घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ ।
मंगलबार पनि सुनको मूल्य घटेको थियो । महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो । जसअनुसार सोमबारदेखि बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य तोलामा १ हजार ७१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण