एआईले बनाएको गोरिल्ला सोफा भाइरल, चिनियाँ कम्पनीले थाल्यो व्यापार
बेइजिङ । चीनको एउटा फर्निचर बनाउने कम्पनीले गोरिल्ला जस्तै देखिने बनाउन थालेको छ । सामाजिक सञ्जालमा एआईले बनाएको उक्त गोरिल्ला सोफा भाइरल भएसँगै उपभोक्ताहरूबाट यस्तै खालको सोफाको माग बढ्यो ।त्यसपछि फर्निचरले गोरिल्ला सोफा बनाउन सुरु गरेको हो ।
अप्रिलमा इन्स्पायरिङ डिजाइन्स नाम गरेको एउटा ब्लगले एआई प्रयोग गरेर बनाएको गोरिल्ला सोफाका दर्जनौँ तस्बिर पोस्ट गरेको थियो । सो सोफा बनाउन कुन टुल प्रयोग भएको थियो थाहा छैन । तर सोफा झट्ट हेर्दा यति लोभ लाग्दा थिए कि एआईले बनाएको हो कि साँच्चै हो भनेर मान्छेहरू झुक्किन्थे । सोफा देखेर कहाँ किन्न पाइन्छ भनेर धेरैले सोध्न थाले ।
सोफाबारे सोधपुछ बढ्न थालेपछि सुनायोनामक फर्निचरले त्यस्तै सोफा बनाउन थाल्यो । यी सोफा एआईले बनाएको जस्तो राम्रो र कूल त थिएनन् । तर पनि एक ग्राहकले सोफा अर्डर गरे । यो देखेर कम्पनीले विभिन्न रङ्ग र आकारमा सोफा बनाउन थाल्यो । अहिले कम्पनीले एमाजनमा ९ हजार ९९५ अमेरिकी डलरमा यो सोफा बेच्न राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण