लिभरपुलबाट ब्रेन्टफोर्ड पुगे पोर्चुगिज विंगर फाबियो कार्भाल्हो
काठमाडौँ । इङ्लिस क्लब ब्रेन्टफोर्डले पोर्चुगलका युवा विंगर फाबियो कार्भाल्होलाई भित्राएको छ । उनी प्रिमियर लिग क्लब लिभरपुलबाट ब्रेन्टफोर्डमा आबद्ध भएका हुन् । २१ वर्षीय फाबियोका लागि ब्रेन्टफोर्डले दुई करोड ७५ लाख पाउन्ड खर्चिएको समाचारमा जनाइएको छ ।
उनले यसअघि ऋणमा जर्मन क्लब आरबी लिपजिग र हल सिटीबाट खेलेका थिए । उनी सन् २०२२ मा लिभरपुलमा आबद्ध भएका थिए । उनले ब्रेन्टफोर्डसँग पाँच वर्षका लागि सम्झौता गरेको बताइएको छ । उनले चाहेमा यो अवधि बढाउन सकिने प्रावधान राखिएको छ ।
फाबियो कार्भाल्हो इङ्लिस क्लब फुलहाम हुँदै लिभरपुल पुगेका थिए । साउथएम्पटनले पनि फाबियोलाई भित्राउन खोजेको थियो । तर, पैसामा कुरा नमिलेपछि साउथएम्पटन पछि हटेको थियो ।
उनी पोर्चुगलको युवा टोलीका प्रभावशाली सदस्य पनि हुन् । आफ्नो जन्मभूमि पोर्चुगल फर्कनुअघि उनले इङ्गल्यान्डको विभिन्न उमेर समूहको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण