बुवाको हत्या गरेको अभियोगमा युवक पक्राउ
मङ्गलबार, २९ साउन २०८१, १३ : ३७
सिन्धुली । आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । ६० वर्षीय लाल बहादुर घिमिरे विकको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।
हरिहरपुरगढी गाउँपालिका-७ पन्थचौरी लामपात बस्ने २१ वर्षीय अमृत घिमिरे विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अमृतले लाल बहादुरलाई सुतेको अवस्थामा बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
यसबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वर र इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले अमृतलाई बन्चरोसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
-
पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना
-
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
-
दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी
-
सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम
-
कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण