विश्वमै सबैभन्दा छिटो चार्ज हुने ईभी ब्याट्री बनाएको चीनको दाबी
बेइजिङ । चिनियाँ कार निर्माता कम्पनी जीकरले विश्वमै सबैभन्दा छिटो चार्ज हुने विद्युतीय सवारी साधन (ईभी)को ब्याट्री बनाएको दाबी गरेको छ । कम्पनीको नयाँ ईभीको ब्याट्री अमेरिकी कम्पनी टेस्लालगायतका प्रतिस्पर्धी कम्पनीको तुलनामा छिटो चार्ज हुने कम्पनीको भनाई छ ।
अल्ट्रा फाष्ट चार्जिङको मद्दतले कम्पनीको अपग्रेडेड ब्याट्री साढे १० मिनेटमै १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन सक्ने बताइएको छ । १५ मिनेट चार्ज गर्दा मोडल थ्री कारको ब्याट्री १७५ माइल (२८२ किमि)सम्म गुड्ने अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी टेस्लाले बताएको छ । यो भनेको कारको पूरा क्षमताको आधाभन्दा अलि कम हो ।
जीकरको २०२५ ००७ सेडान कार आगामी हप्तादेखि विक्रीका लागि उपलब्ध हुँदै छ । नयाँ ब्याट्री जडान गरिएको यो कम्पनीको पहिलो कार हुनेछ । टेस्लाको चार्जिङ प्रविधि उद्योगमा अब ‘लिडिङ’ नरहेको बजार परामर्शदाता कम्पनी सिनो अटो इन्साइट्सका संस्थापक तथा प्रबन्ध निर्देशक तु ले भनेका छन् ।
जीकरको दाबी भरोसा गर्न लायक भएको तर ती ब्याट्री विश्वको सबैभन्दा छिटो चार्ज हुने नभएपनि अहिले छिटै चार्ज हुने ईभी ब्याट्रीभन्दा अगाडि नै रहेको उनी बताउँछन् । जीकर चिनियाँ कार निर्माता कम्पनी गिलीको सहायक कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण