डोपिङ प्रकरण : श्रीलंकाली क्रिकेटर डिकवेला निलम्बित
कोलम्बो । डोपिङ उल्लंघन गरेको भन्दै श्रीलंकाका विकेटकिपर–ब्याटर निरोसान डिकवेलालाई अनिश्चितकालका लागि निलम्बित गरिएको छ । श्रीलंका क्रिकेटले डिकवेला निलम्बनमा परेको पुष्टि गरेको हो ।
हालै आयोजित लंका प्रिमियर लिगका दौरान गरिएको डोपिङ परीक्षणमा डिकवेला असफल भएको बताइएको छ । यसबारे अनुसन्धान पूरा नभएसम्म उनलाई क्रिकेटका सबै फर्म्याटबाट निलम्बन गरिएको छ । श्रीलंका क्रिकेटले एक विज्ञप्ति जारी गर्दै यो निलम्बन तत्काल लागू हुने र थप जानकारी प्रदान नगरेसम्मका लागि कायम रहने स्पष्ट पारेको छ ।
उनी यसरी विवादमा तानिएको यो पहिलो अवसर होइन । कमजोर अनुशासनका लागि डिकवेला आलोचित हुँदै आएका छन् भने मैदान बाहिरको उनको गतिविधि पनि विवादित रहँदै आएको छ ।
३१ वर्षीय खेलाडीले सन् २०२४ को लंका प्रिमियर लिगमा गाले मार्भल्सको नेतृत्व गरेका थिए । उनले श्रीलंकाका लागि टेस्टमा २ हजार ७५७ रन, एक दिवसीयमा १ हजार ६०४ रन र टी–२० मा ४ सय ८० रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण