१९ वर्षमुनिको विश्वकपको एसिया छनोट नेपालले आयोजना गर्ने
शनिबार, ०१ भदौ २०८१, १४ : २२
काठमाडौं । सन् २०२६ मा हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्चाजलमा एक पोस्ट राख्दै विश्वकपको एसिया छनोट २०२५ नेपालले आयोजना गर्ने जानकारी दियो ।
नेपालले पहिलोपटक विश्वकपको एसिया क्षेत्र छनोट आयोजना गर्न लागेको हो । एसिया छनोट प्रतियोगिता आगामी अप्रिल १३ देखि २१ सम्म हुनेछ । एसिया छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन् ।
एसिया क्षेत्र छनोटमा विजयी टोली सन् २०२६ मा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण