लेवान्डोस्की चम्किँदा बार्साको पुनरागमन
मेस्टाला । एक गोलले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले स्पेनिस ला लिगाको पहिलो खेलमा जित हासिल गर्न सफल भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २–१ गोलले हराएको हो ।
नयाँ प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा मैदानमा उत्रिएको बार्सिलोना ४४ औँ मिनेटमा पछि परेको थियो । घरेलु टोलीका लागि ह्युगो डुरोले गोल गरे ।
तर, पहिलो हाफको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफको सुरुवातमा राफिन्हालाई फल हानेपछि बार्साले पेनाल्टी पायो । जसलाई लेवान्डोस्कीले सजिलै जाली चुमाए । भ्यालेन्सियाविरुद्धको ४ खेलमा उनको यो छैटौँ गोल थियो ।
त्यसपछि भ्यालेन्सियालाई रोक्दै फ्लिकको टोलीले ३ अङ्क बटुल्न सफल भयो । गत सिजन रियल मड्रिडभन्दा १० अङ्कले पछि परेको बार्साले अर्को खेलमा शनिबार एथ्लेटिक बिल्बाओको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण