लेवान्डोस्की चम्किँदा बार्साको पुनरागमन

मेस्टाला । एक गोलले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले स्पेनिस ला लिगाको पहिलो खेलमा जित हासिल गर्न सफल भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २–१ गोलले हराएको हो ।
नयाँ प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा मैदानमा उत्रिएको बार्सिलोना ४४ औँ मिनेटमा पछि परेको थियो । घरेलु टोलीका लागि ह्युगो डुरोले गोल गरे ।
तर, पहिलो हाफको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफको सुरुवातमा राफिन्हालाई फल हानेपछि बार्साले पेनाल्टी पायो । जसलाई लेवान्डोस्कीले सजिलै जाली चुमाए । भ्यालेन्सियाविरुद्धको ४ खेलमा उनको यो छैटौँ गोल थियो ।
त्यसपछि भ्यालेन्सियालाई रोक्दै फ्लिकको टोलीले ३ अङ्क बटुल्न सफल भयो । गत सिजन रियल मड्रिडभन्दा १० अङ्कले पछि परेको बार्साले अर्को खेलमा शनिबार एथ्लेटिक बिल्बाओको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप