नेपालमा पहिलो पटक मोटरसाइकल मार्सल प्रशिक्षण
काठमाडौँ । नेपालमा पहिलो पटक फेडेरेसन इन्टरनेश्नल दी मोटरसाइक्लिजम (एफआईएम) को मार्सल तालिम आयोजना हुने भएको छ । मोटोभर्स स्पोर्टस क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम भदौ २८ र २९ गते काठमाडौँमा सञ्चालन हुनेछ ।
फर्मुला वान र मोटोजिपीजस्ता इभेन्टका अनुभवी प्रशिक्षकहरुबाट मार्सल तालिम सञ्चालन गर्न लागिएको मोटोभर्स स्पोर्टस क्लबले जनाएको छ । एफआईएम एसियाको संयोजनमा हुने उक्त मार्सल तालिममा एफआईएम एसियाका उपाध्यक्ष सुजित कुमार, एफएमएससीआईका वरिष्ठ प्रशिक्षक सञ्जय सुनेजालगायतका अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकले प्रशिक्षण दिनेछन् ।
मार्सल तालिममा देशभरका ७० जनाले प्रशिक्षण लिने जानकारी मोटोभर्स स्पोर्टसका अध्यक्ष आशिष रौनियारले दिए । तालिमअन्तर्गत मार्सलिङ टेक्निक, सेफ्टी प्रोटोकल, रेस अफिसियल, इभेन्ट म्यानेजमेन्ट, र्याली र टुरिङलगायतका विषयमा प्रशिक्षण दिइने बताइएको छ ।
नेपाल अटोमोबाइल्स एसोसियसन (नासा) नेपालसँग आबद्ध भएका क्लबका प्रतिनिधि, स्वयमसेवक र मोटर स्पोर्टससँग सम्बन्धित इच्छुक व्यक्तिले मार्सल तालिममा भाग लिन पाउने प्रावधान राखिएको आयोजकले जनाएको छ ।
तालिममा सहभागिताका लागि नाम दर्ता प्रक्रिया भदौ २२ गतेसम्म खुला रहने आयोजक क्लबले जनाएको छ । नेपाली मोटरसाइक्लिङको क्षेत्रमा पहिलो पटक सबैभन्दा ठुलो प्राविधिक तालिम आयोजना हुन लागेको क्लबले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण