प्रदेश तहबाट लाइसेन्स छाप्न दिने निर्णय भएको छ : मन्त्री दाहाल
बिहीबार, ०६ भदौ २०८१, १५ : १२
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रदेश तहबाट सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) छाप्न दिने निर्णय भएको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समयमा उठेको प्रश्नको जवाफ दिँदै उनले केन्द्रमा डाटा रहने गरी प्रदेशले पनि लाइसेन्स छापेर वितरण गर्न पाउने निर्णय भइसकेको जानकारी दिए ।
‘डाटा बेस केन्द्रमा आधार हुन्छ । प्रदेशले पनि लाइसेन्स छाप्न पाउने निर्णय भएको छ ‚’ उनले भने ।
साथै उनले राष्ट्रिय परिचयपत्रलाई ड्राइभिङ लाइसेन्स जोड्ने निर्णय भइसकेको पनि बताए । यसका लागि कार्य अघि बढिरहेको जानकारी दिए ।
‘राष्ट्रिय परिचयपत्र देखाएपछि देख्न सकिने ट्राफिकले पढ्न सक्ने खालको बनाउने काम भइरहेको छ । नागरिक एपसँग पनि क्युआर कोडसहित जोड्ने काम भइरहेको छ‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण