यार्सागुम्बा निर्यातबाट एक महिनामै भित्रियो ८ करोड रुपैयाँभन्दा बढी
शनिबार, ०८ भदौ २०८१, ११ : ४७
काठमाडौँ । यार्सागुम्बा निर्यातबाट एक महिनामै ८ करोड रुपैयाँभन्दा बढी भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा २०४ किलो यार्सागुम्बा निर्यात हुँदा ८ करोड १९ लाख ४० हजार रुपैयाँ भित्रिएको हो ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष १५ करोड ७३ हजार रुपैयाँले निर्यातमा गिरावट आएको केन्द्रीय भन्सार विभागले जनाएको छ । अघिल्लो वर्ष (२०८०/०८१) को साउनमा ३७३ किलो यार्सागुम्बा निर्यात हुँदा २३ करोड २० लाख १३ हजार रुपैयाँ भित्रिएको थियो । जसअनुसार अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा यो वर्ष यार्सागुम्बा निर्यात परिमाणमा २०४ किलो कमी देखिएको छ ।
चालु वर्षको साउनमा ६ वटा मूलुकमा यार्सागुम्बा निर्यात भएको छ । जसमध्ये सबैभन्दा धेरै हङकङमा ३ करोड ९८ लाख ९२ हजार रुपैयाँको ६० किलो यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण