शकिब अल हसनलाई क्रिकेटका सबै फर्म्याटबाट हटाउन नोटिस
ढाका । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले स्टार क्रिकेटर शकिब अल हसनलाई क्रिकेटका सबै फर्म्याटबाट तुरुन्तै हटाउनको लागि पत्र प्राप्त गरेको छ । केही दिनअघि साकिबमाथि हत्यामा संलग्न भएको आरोप लागेको थियो । हालै बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको आन्दोलनमा ४ सयभन्दा बढीले ज्यान गुमाएका थिए ।
शकिबसहित १४७ जनामाथि यीमध्ये एक विद्यार्थीको हत्या गरेको आरोप छ । साउन ५ गते गोली लागेर विद्यार्थी रुबेलको मृत्यु भएको थियो । विद्यार्थीका बुबा रफिकुल इस्लामले ढाकामा एफआईआर दर्ता गरेका छन् । अब रुबेलका बुबाले वकिलको सहयोगमा बंगलादेश क्रिकेट बोर्डलाई नोटिस दिएका हुन् ।
यस नोटिसमाथि प्रतिक्रिया दिँदै बीसीबीका अध्यक्ष फारुक अहमदले पाकिस्तान र बंगलादेशबिचको पहिलो टेस्ट म्याचपछि शकिबको क्रिकेट भविष्यबारे निर्णय लिइने बताएका छन् ।
शकिब अहिले रावलपिण्डीमा पाकिस्तानविरुद्ध टेस्ट खेलिरहेका छन् । उनको टोलीले टेष्ट सिरिजको पहिलो खेल रावलपिण्डीमा खेलेको थियो । सिरिजमा २ टेस्ट खेलिने छ । दोस्रो खेल पनि अगस्ट ३० बाट रावलपिण्डीमा सुरु हुनेछ ।
३७ वर्षीय शाकिब शेख हसिनाको सरकारमा मन्त्री थिए। देशमा हिंसात्मक प्रदर्शन भएपछि शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो । उनले देश पनि छाड्नुपर्यो । हसिनाको राजीनामापछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारमा मुख्य सल्लाहकारको जिम्मेवारी सम्हालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण