लिभरपुलको विजयी यात्रा जारी
सोमबार, १० भदौ २०८१, ०६ : ०१
एनफिल्ड । लिभरपुलले ब्रेन्टफोर्डलाई हराउँदै प्रिमियर लिगको नयाँ सिजनमा आफ्नो विजयी यात्रा जारी राखेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा लिभरपुल २–० गोलले विजयी बनेको हो ।
खेलको १३ औँ मिनेटमा डिओगो जोटाको पासमा लुइस डियाजले लिभरपुललाई अग्रता दिलाए । क्लबका लागि उनको यो १ सयौँ खेल पनि थियो ।
दोस्रो हाफमा डियाजले मोहम्मद शालाहका लागि गोलको अवसर सिर्जना गरे । शालाहले खेलको ७० औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
नयाँ प्रशिक्षक अर्ने स्लटको नेतृत्वमा लिभरपुलको यो लगातार दोस्रो जित हो । अब टोलीले आइतबार म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण