लिभरपुलको विजयी यात्रा जारी
सोमबार, १० भदौ २०८१, ०६ : ०१

एनफिल्ड । लिभरपुलले ब्रेन्टफोर्डलाई हराउँदै प्रिमियर लिगको नयाँ सिजनमा आफ्नो विजयी यात्रा जारी राखेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा लिभरपुल २–० गोलले विजयी बनेको हो ।
खेलको १३ औँ मिनेटमा डिओगो जोटाको पासमा लुइस डियाजले लिभरपुललाई अग्रता दिलाए । क्लबका लागि उनको यो १ सयौँ खेल पनि थियो ।
दोस्रो हाफमा डियाजले मोहम्मद शालाहका लागि गोलको अवसर सिर्जना गरे । शालाहले खेलको ७० औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
नयाँ प्रशिक्षक अर्ने स्लटको नेतृत्वमा लिभरपुलको यो लगातार दोस्रो जित हो । अब टोलीले आइतबार म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट ट्राफिकद्वारा ९ महिनामा १ करोड बढी राजश्व सङ्कलन
-
८० प्रतिशत निर्माण कम्पनी ठेक्काकै बिच कालोसूचीमा
-
कार दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
-
राज्य जिम्मेवारीबाट पन्छिँदा कालोसूचीमा पर्नेहरू बढे
-
कांग्रेस सभापति देउवा किन जाँदै छन् थाइल्यान्ड ?
-
‘आचरणसम्बन्धी व्यवस्था उल्लंघन नगरे कालोसूचीमा परिँदैन’