रेस्लिङ आइकनको ६३ वर्षको उमेरमा निधन
मङ्गलबार, ११ भदौ २०८१, १६ : ५८
न्युयोर्क । ६ पटकको रेस्लिङ च्याम्पियन तथा वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लूडब्लूई) का आइकन सिड इयुडीको ६३ वर्षको उमेरमा निधन भएको छ । परिवारका अनुसार उनले लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आइरहेका थिए ।
इयुडीलाई फ्यानहरूले सिड जस्टिस, सिड भिसियस र साइको सिड नामले चिन्थे । उनी सन् १९९० ताका डब्लूडब्लूईमा निकै चर्चित थिए ।
उनको जन्म सन् १९६० डिसेम्बर १६ मा अमेरिकाको आर्कान्ससमा भएको थियो । सन् २००१ मा उनको खुट्टामा चोट लागेपछि उनी रेस्लिङबाट टाढा बनेका थिए । उनको पत्नी सब्रिना पेज र दुई सन्तान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रमको घोषणा, देशभरका उद्यमीबाट आवेदन खुला
-
मल खरिदमा चलखेल : भारतभन्दा झन्डै दोब्बर मूल्य तिर्दै सरकार
-
प्रविधि उद्योग किन तपाईंको स्क्रिन हटाउन चाहन्छ ?
-
अमेरिका–इरान तनावले पश्चिम एसिया युद्धविराममा चुनौती
-
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकले थाल्यो अभियान
-
सीमापारको संवेदना : किन रुचाइँदै छ ‘मे वापस आऊंगा’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण