सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

बारम्बार चिठी पठाउँदा पनि संशोधनकर्ताहरू विधेयकमा छलफल गर्न आउनुहुन्न : सांसद थापा

बिहीबार, १३ भदौ २०८१, १५ : १५
बिहीबार, १३ भदौ २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद अम्मर बहादुर थापाले संशोधन हालेर सांसदहरू समिति बैठकमा अनुपस्थित हुने गरेको गुनासो गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सांसदहरू जबाफदेही हुन नसकेको भन्दै विषय उठान गरेका छन् ।

‘विद्यालय शिक्षा विधेयक समितिमा गएको छ । त्यो विधेयक १६२ जना संशोधन कर्ता हुनुहुन्छ । तर संशोधनकर्तालाई बारम्बार  चिठी लेख्दा पनि उपस्थित हुनुहुन्न‚’ उनले भने‚‘संशोधन हालिसकेपछि उपस्थिति भएर आफ्नो जबाफदेहीताका लागि जिम्मेवार हुनुपर्छ ।’

उनी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति समेत हुन् । उनले विधेयक र संशोधन कर्ताबाट राम्रो विषय आए पनि अझै पर्याप्त हुन नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप