फोहोर उठाउने विषयमा विवाद हुँदा बेल्चाले हानेर एक जनाको हत्या
वीरगन्ज । धनुषामा सामान्य विवाद हुँदा एक जनाको हत्या भएको छ । फोहोर उठाउने विषयमा विवाद हुँदा एक जनाको हत्या गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
धनुषा प्रहरीका अनुसार हत्या हुनेमा सिराहा नगरपालिका वडा नम्बर ३ निवासी राकेश कुमार बर्मा रहेका छन् ।
फोहोर उठाउने विषयमा विवाद हुँदा ज्यालादारीमा काम गर्ने अर्का कर्मचारी प्रकाश यादवले बेल्चाले प्रहार गर्दा बर्माको मृत्यु भएको धनुषा प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए ।
उनका अनुसार दुवै जनाबिच आज बिहान नेपाल आयल निगमको डिपोमा विवाद भएको थियो । धनुषा क्षिरेश्वरनाथ नगरपालिका स्थित नेपाल आयल निगममा ज्यालामा काम गर्ने यादवलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
उनी धनुषा नगरपालिका वडा नम्बर ३ निवासी रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका यादवसँग घटनाबारे सोधपुछ चलिरहेको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरीका अनुसार मृतक पूर्व पत्रकार पनि थिए ।
घटनास्थलमा पुगेको प्रहरीले शवको मुचुल्का उठाउने काम गरिरहेको धनुषा प्रहरी प्रमुख तिवारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
-
पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना
-
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
-
दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी
-
सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम
-
कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण