कोशीमा सरकार विहीनता जस्तो देखियो : आङ्बो
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले प्रदेशमा सरकार विहीनता जस्तो देखिएको बताएका छन् । शुक्रबार कोशी प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो भनेका हुन् ।
आङ्बोले बजेट कार्यान्वयनमा अलमल देखिएको भन्दै यो अन्यौलता चिर्नुपर्नेमा जोड दिए । मन्त्रालय बढाउने कदम अघि नबढाउन आग्रह गर्दै उनले राज्यमन्त्रीको लस्कर लगाउने काम पनि नगर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आग्रह गरे ।
आङ्बोले २०८४ सालको चुनावमा कांग्रेस र एमाले मिलेर चुनाव लड्न पनि आग्रह गरे । विशेष परिस्थितिमा मात्रै दुई ठुला दल मिलेर सरकार बनाउने चलनलाई तोड्दै गठबन्धन भएको उनले बताए । यद्यपि उक्त गठबन्धन गर्नुको औचित्य पुष्टि गर्नु पर्नेमा जोड दिए ।
उनले कांग्रसलाई कटाक्ष गर्दै विचित्रको अवस्था प्रदेश सभामा देखिएको बताए । ‘आजको मितिसम्म सरकारमा सहभागी पनि नभएको र सरकारलाई समर्थन पनि नगरी कांग्रेस सत्तापक्षमा बस्यो । यो विचित्रको अवस्था देखियो,’ उनले भने ।
प्रदेश सरकारले बजेट पुनरावलोकन गर्ने कुरा सार्वजनिक भएको भन्दै उनले यो ऐन, कानुन र संसदीय परम्परा विपरीत भएको बताए । सरकारले प्राथमिकता प्राप्त ठुला आयोजनाहरू निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले त्यस्ता आयोजना राजनीतिक सहमतिको आधारमा निर्माण गर्नुपर्ने बताए ।
प्रदेशले अब आफ्नै स्थायी संरचना बनाउनु पर्ने बताउँदै आङ्बोले ग्लोबल टेण्डर गरेर भएपनि काम अगाडि बढाउनु पर्नेमा जोड दिए ।
उनले गिरिबन्धु टि–स्टेटको विषयमा कांग्रेस र एमालेबिच लागेको आरोप र प्रत्यारोपको विषयमा छानबिन हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
आजको पञ्चाङ्ग र राशिफल : कस्तो छ तपाईँको दिन?
-
विदेशी मुद्राको विनिमयदरः कति छ आज डलर र युरो ?
-
नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक कोएमानले दिए राजीनामा
-
एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण