पेरिस पारा ओलम्पिकको पहिलो खेलमा पलेशाले भेनेजुएलाकी खेलाडीलाई सजिलै हराइन्
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिक खेलकुद प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धनले जित हात पारेकी छन् । पलेसाले शुक्रबार महिलातर्फको ५७ केजीभन्दा मुनिको तौल समूहमा सफलता हात पारेकी हुन् ।
पलेशाले आफ्नो पहिलो खेलमा भेनेजुएलाकी प्रतिद्वन्द्वी भालेरिया मोरालेसमाथि एकपक्षीय जित हात पारिन् । पलेशाले भालेरियालाई ३१–० ले पराजित गरेकी हुन् । जारी पेरिस पारा ओलम्पिकमा पलेशाबाट नेपालले ऐतिहासिक पदकको आस गरेको छ ।
अब पलेशाले प्रतियोगिताको क्वार्टरफाइनल खेलमा ब्राजिलियन प्रतिद्वन्द्वी सिल्भाना फर्नान्डेससँग भिडन्त गर्नेछिन् । पलेसा र सिल्भानाले यसअघि टोकियो ओलम्पिक पनि खेलेका थिए । क्वार्टरफाइनल खेल पनि शुक्रबार नै खेलिने छ ।
पलेशा छनोट चरण पार गर्दै पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । यसपटक उनी छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा उपस्थित भएकी हुन् । टोकियो पारा ओलम्पिकमा पनि उनले आफ्नो स्पर्धामा दुई बाउट जितेर गतिलो चर्चा बटुलेकी थिइन् ।
‘वाइल्ड कार्ड’ मार्फत टोकियो ओलम्पिकमा सहभागिता जनाएकी पलेशाले त्यतिबेला अमेरिकाकी ब्रियाना सालिनारालाई १०–० स्कोरले हराएकी थिइन् । उनले अर्को खेलमा सर्बियाकी मासिजा मिसेभलाई २३–१८ स्कोरले पराजित गरेकी थिइन् । कांश्य पदकका लागि भएको भिडन्तमा उनी चीनकी खेलाडी युजी लीसँग ९–१२ स्कोरले पराजित भएकी थिइन् ।
पलेशा सन् २०२३ मा चीनमा सम्पन्न एसियाली पारा खेलकुद प्रतियोगितामा देशका लागि ऐतिहासिक कांस्य पदक जित्ने खेलाडी पनि हुन् । त्यसअघि कुनै पनि खेलाडीले एसियाली पारा खेलकुदमा पदक जित्न सकेको थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण