भारतको ‘चोर विद्यालय’, तयार गर्दैछ भोलिका अपराधी
भोपाल । भारतको मध्य प्रदेश राज्य त्यहाँको ‘चोर विद्यालय’ का लागि कुख्यात बनेको छ । त्यहाँ नामुद अपराधीहरूले १२ वर्षदेखिका बालबालिकाहरूलाई पाकेटमारी, चोरी र लुटपाटका कक्षाहरू दिइरहेका छन् ।
राज्यको राजधानी भोपालभन्दा १ सय २० किलोमिटर टाढा रहेका काडिया, गुलखेडी र हुलखेडी गाउँ नयाँ अपराधीहरूका लागि नर्सरी नै बनेका छन् । त्यहाँका अभिभावकले नै आफ्ना सन्तानलाई पाकेटमारी, भिडभाड भएको स्थानमा चोरी, लुटपाट, बैंक अकाउन्टबाट चोरी, प्रहरीबाट भाग्ने तथा प्रहरीको पिटाइ कसरी सहने जस्ता ‘कला’ सिकाउन पठाउने गरेका छन् ।
यसका लागि उनीहरूले २ देखि ३ लाख रुपैयाँ भारु समेत बुझाउने गरेका छन् । यी कथित ‘चोर विद्यालय’ ले भारतको इतिहासमा केही कुख्यात अपराधीहरू जन्माएका छन् । त्यही भएर गरिब र अनपढ परिवार उनीहरूप्रति आकर्षित बनिरहेका छन् ।
आपराधिक समूहका नेतालाई भेटेर ‘ट्यूसन फी’ बुझाएपछि परिवारले आफ्नो सन्तानलाई एक वर्षसम्म ‘विद्यालय’ मा पठाउँछन् । विद्यालयबाट सबै कला सिकेपछि उनीहरू त्यही समूहमा आबद्ध हुन्छन् । त्यसपछि परिवारले उनीहरूको सेवाका लागि वार्षिक रूपमा ३ देखि ५ लाख भारतीय रुपैयाँ प्राप्त गर्छन् ।
ग्रामीण क्षेत्रमा अपराधको जालो नराम्रोसँग फैलिएको छ । प्रहरीलाई त्यहाँ के भइरहेको छ भन्ने जानकारी पनि हुन्छ तर उनीहरू केही गर्न सक्दैनन् । किनभने पुरै समाजले नै अपराधीको बचाऊ गर्दछ । उनीहरू प्रहरीसँग भिड्न पनि तयार हुन्छन् ।
‘एक जना अपराधीलाई पक्रन ठुलो प्रहरी दस्ता नै लिएर ती गाउँहरूमा जानुपर्छ,’ बोडा प्रहरी स्टेसनका इन्स्पेक्टर रामकुमार भगतले एनडीटीभीसँग भने, ‘यी अपराधीहरू ब्याग चोरी, बैंक चोरी लगायतमा माहिर हुन्छन् । उनीहरू मध्ये धेरै १७ वर्षभन्दा कम उमेरका छन् ।’
प्रहरीको रेकर्डमा यी तीन गाउँका २ हजार जनाभन्दा बढी माथि ८ हजार केसहरू दर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण