एमाले पोलिटब्युरो बैठक : नेता घरघरमा पुग्ने कार्ययोजना बन्दै
काठमाडौँ । वार्षिक कार्ययोजना निर्माण गर्न सत्तारुढ नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्दै छ । सचिवालयले प्रस्ताव गरेका वार्षिक कार्ययोजना पोलिटब्युरो बैठकमा छलफल गरेर सुझावसहित पारित गर्ने सो पार्टीले जनाएको छ ।
पोलिटब्युरो बैठक दिउँसो १ बजेलाई बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा भदौ १३ गते बसेको केन्द्रीय सचिवालय बैठकले एक वर्षे कार्ययोजना तयार गर्दै छलफलका लागि प्रस्ताव गरेको थियो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रस्तुत कार्ययोजनामामाथि पोलिटब्युरोमा छलफल गरेर नेताहरूलाई जिम्मेवारीसहित देशैभर परिचालन गर्ने तयारी भइरहेको जानकारी दिए । प्रस्तावित कार्ययोजनामा सदस्यता विस्तार, प्रारम्भिक तहको वैचारिक कक्षा सञ्चालन र जनसरोकारका विषय पहिचान मुख्य छन् ।
एमालेले आगामी निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको छ । सोही अनुसार पार्टी नेताहरूलाई जनताको घरघरमा पुग्नेगरी सङ्गठन परिचालन गर्ने र उनीहरूका अपेक्षा बुझेर समस्या समाधान गर्ने पहल गर्ने एमालेले जनाएको छ ।
वैचारिक कक्षा सञ्चालनका लागि पार्टी स्कुलले कोर्स तयार गरेको छ । यसअघि एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय तहका नेताहरूको कार्यविभाजन गरेको थियो । जस अन्तर्गत केन्द्रीय कमिटी सदस्यहरुलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र, प्रदेश कमिटीका नेताहरूलाई पालिका र पालिकाका नेतालाई वडाको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
त्यसैगरी पालिकाका सदस्य वडा र वडाका टोल र घरघरसम्म पुग्नेगरी कार्यविभाजन गरेको थियो । सोही कार्यविभाजनलाई टीओआरसहित कार्यान्वयन लैजान एमालेले पोलिटब्युरो बैठक बोलाएको हो । त्यसबाहेक वर्तमान राजनीतिक स्थिति, सरकारका काम कारबाही लगायतका विषयमा अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण