चाडपर्व
एक महिना लामो गुँला पर्व समापन गरिँदै (तस्बिरहरू)
बुधबार, १९ भदौ २०८१, ०८ : ४०
काठमाडौँ । नेवार समुदायले एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाएको गुँला पर्व आज विधिवत् रूपमा समापन हुँदैछ । यो पर्व चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइन्छ ।
राजधानी सहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने गरिन्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् ।
गुँला पर्वका अवसरमा विभिन्न बौद्ध विहारमा दीपङ्कर बुद्ध, बुद्धका अन्य सामग्री प्रदर्शन गरिन्छ । यस अवसरमा विभिन्न बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ ।
गुँला पर्वको अन्तिम दिन आज विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने व्रत समापन गरिन्छ । आजदेखि नै नेवार समुदायले इयँला महिना पनि विशेष रूपमा मनाउँछन् ।तस्बिर : फोटो लाइब्रेरी
_EnchoptIZF.jpg)
_z2KZS5ULeK.jpg)
_FrvfgOTxkL.jpg)
_kOwtjTjJC4.jpg)
_RXvU32qr3E.jpg)
_jDlzlmZDBb.jpg)
_2Fs90sSzNI.jpg)
_nssUl5wYtP.jpg)
_uGtpGL2jKN.jpg)
_dWxQrcksUH.jpg)
_XDDNN81bkF.jpg)
_Nmohfxwgo0.jpg)
_3jXml4tFJl.jpg)
_z4wbmsWqu4.jpg)
_BQyGTcyngz.jpg)
_loVAG6xowH.jpg)
_RgJAihM5lq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
-
अमेरिकाको न्यूजर्सीमा मनाइयो 'नेपाल डे'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण