खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न शिक्षा, स्वास्थ्य र रोजगारी दिऔँ : मन्त्री चौधरी
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न उनीहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिनुपर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा पाराओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् ।
खेलकुदमन्त्री चौधरीले नेपालमा खेलकुदको सम्भावना बढी रहेको भएपनि खेलाडीहरू विदेश पलायन भइरहेको अवस्था रहेको बताए । उनले १३ औँ सागमा सहभागी २०७ जना खेलाडीमध्ये सयभन्दा बढी खेलाडीहरू विदेश पलायन रहेको जानकारी आफूले पाएको पनि बताए । उनले खेलाडीलाई देशमा सुविधा दिनसके देशमै रहने वातावरण बन्ने बताए । सबैले खेलकुदलाई बढी प्राथमिकता दिन उनले आग्रह गरे ।
उनले भने, ‘नेपालमा खेलकुदको सम्भावना बढी छ । धेरै खेलाडी विदेश पलायन भइसकेका छन् । हिजो अस्तिमात्रै पत्रिकामा १३ औँ सागमा २०७ जनामा १ सय खेलाडी विदेश पलायन भइसकेको बताएका छन् । धेरै खेलाडीहरू विदेश पलायन भएकाले तीन कुरामा मात्रै खेलाडीलाई यो देशमा सुविधा दिनसक्यो भने पक्कै पनि खेलाडीहरू देशमै रहने वातावरण बन्छ ।’
खेलकुदमन्त्री चौधरी चौधरीले सरकारले अहिले महत्वका साथ खेलकुद क्षेत्रलाई हेरिरहेको बताए । कांग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र कांस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई पाँच लाख नगतसहित सम्मान प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण