मेलम्ची भ्रष्टाचार मुद्दामा रुद्रसिंह तामाङले पाए सफाइ
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भनी दायर गरेको मुद्दामा अध्यागमन विभागका तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङले सफाइ पाएका छन् ।
काठमाडौँ महानगरपालिकाको प्रमुख कार्यकारीको रूपमा खानेपानीको बोर्ड सदस्यको रूपमा हस्ताक्षर गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले तामाङसँग ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रुपैयाँ बिगो दाबी गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप लागेकामध्ये १० जनालाई सफाइ दिँदा तामाङलाई पनि सफाइ दिएको हो ।
विशेषबाट सफाइ पाएसँगै निलम्बनमा परेको तामाङ पुन: सरकारी सेवामा फर्कने बाटो खुलेको छ। हस्ताक्षर गर्दा काठमाडौँ महानगरपालिकामा रहेको तामाङ मुद्दा दायर हुँदा अध्यागमनमा रहेका थिए । उनीलाई भ्रष्टाचार मुद्दा दर्ता भएपछि अध्यागमन विभागमा नयाँ महानिर्देशक पठाएको थियो ।
विशेषले अख्तियारले दाबी गरेका मध्ये अधिकांश प्रतिवादीलाई सफाइ दिएकाले यो विवाद सर्वोच्चसम्म पुग्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण