किम जोङ उनले आणविक हतियारको सङ्ख्या द्रुत रूपमा बढाउने
मङ्गलबार, २५ भदौ २०८१, १३ : ३४
प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले देशको आणविक हतियारको सङ्ख्या द्रुत गतिमा बढाउने बताएका छन् । सरकारी सञ्चार माध्यम केसीएनएले मंगलबार बताए अनुसार आणविक हतियारको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न किमले आणविक शक्ति निर्माण नीति लागू गरिरहेका छन् ।
सोमबार उत्तर कोरियाको स्थापना दिवसको अवसर पारेर किमले एउटा भाषण पनि दिएका थिए । सो क्रममा राज्यको सुरक्षा अधिकार सुनिश्चित गर्न आफ्नो आणविक क्षमता बढाउनु पर्ने र यसलाई उचित तवरले प्रयोग गर्न तम्तयार हुनु पर्ने पनि उनले बताए ।
अमेरिका र यसका पिछलग्गुहरूबाट उत्पन्न अनेकौँ खतराहरूको सामना गर्न सैन्य उपस्थिति बलियो पार्न जरुरी रहेको उनको भनाइ थियो । मंगलबार बिहानसम्म उत्तर कोरियाले आफ्नो ७६ औँ वार्षिकोत्सव मनाउने क्रममा भने कुनै पनि हतियार वा अस्त्र प्रदर्शन गरेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण