उपसभामुख रानालाई पदबाट हटाउने प्रस्ताव दर्ता हुँदै

काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ । प्रतिनिधि सभामा रहेका कांग्रेस, एमालेका १ चौथाई सांसदहरुको हस्ताक्षर सहित संघीय संसद सचिवालयमा पदमुक्त गर्ने प्रस्ताव दर्ता गर्न लागिएको हो ।
जनमत पार्टीका सांसद अब्दुल खानले उपसभामुखलाई हटाउने प्रस्ताव आज दर्ता गर्ने तयारी रहेको रातोपाटीलाई जानकारी दिए ।
उनले भने, ‘उहाँलाई हटाउनेबारे आज प्रस्ताव दर्ता हुन्छ । त्यसपछि त्यसबारे ७ दिन छलफल हुन्छ । एमाले र कांग्रेसका साथीहरूबाट दर्ता गराउने कुरा छ । भदौ ३० र ३१ गतेभित्र यो कार्यसूचीभित्र चढिसक्छ । त्यसपछि यसबारेमा संसदमा छलफल हुन्छ । उपसभामुखले जवाफ दिनुहुन्छ । त्यसपछि सभामुख मार्फत निर्णयार्थ प्रस्तुत हुन्छ । त्यसपछि भोटिङ हुन्छ ।’
उपसभामुख रानाले अघिल्लो वर्ष अमेरिकाको एक कार्यक्रममा जानका लागि केही व्यक्तिको भिसाको अन्तरवार्ताको समय छिटो मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । सोही विषयलाई लिएर सत्ता पक्ष दलले उनको उपसभामुख पद खोस्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत