घरायसी विवादमा श्रीमतीको हत्या, छोरीहरू पनि घाइते
बारा । आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका-९ भमरा टोल बस्ने ४५ वर्षीय विमल कुमार बस्नेतलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
बिमलले घरायसी विवादको क्रममा खुर्पा प्रहार गर्दा लक्ष्मी गम्भीर घाइते भएकी थिइन् । लक्ष्मीको सामुदायिक प्रसूति गृह अस्पताल निजगढ हुँदै नेशनल मेडिकल कलेज वीरगन्जमा थप उपचारको क्रममा मृत्यु भएको थियो ।
यसबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै झगडा छुट्याउने क्रममा घाइते भएकी उनकै छोरी १८ वर्षीया गंगा राईलाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँ रिफर गरिएको छ । उनकै छोरी १५ वर्षीया जमुना राईको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल
-
हालान्डविरुद्ध गाब्रियलः प्रिमियर लिगको भिडन्त अब विश्वकपमा
-
हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु
-
डोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते
-
लुम्बिनी प्रदेश सभा बैठक : बजेटमाथिको सैद्धान्तिक छलफल जारी
-
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारीमा कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण