डोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते
सारांश
- डोल्पाको मौरेलेखमा जिप दुर्घटना हुँदा त्रिपुरासुन्दरी नगरपालिका–८ की ३८ वर्षीया विष्णु थापाको घटनास्थलमै मृत्यु भएको छ ।
- जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप सडकबाट करिब २०/ २५ मिटर तल खसेर दुर्घटना भएको हो ।
- दुर्घटनामा चालकसहित १३ जना घाइते भएका छन् र उनीहरूको उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ ।
सुर्खेत । डोल्पाको मौरेलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८, डोल्पाका ३८ वर्षीय विष्णु थापा रहेकी छिन् । डोल्पा प्रहरीका अनुसार, उनको घटनास्थलमै मृत्यु भएको हो । यस्तै दुर्घटनाका अन्य १३ जना घाइते भएका छन् ।
आइतबार दिउँसो करिब १ः५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब २०/ २५ मिटर तल खसेर दुर्घटना डोल्पा प्रहरीले जनाएको छ।
जिपमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक जानकारी छ । चालकसहित अन्य १३ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ ।
उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण