वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ३ जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा, अस्ट्रेलिया, दुबई, क्रोएसिया, जापान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने ४८ वर्षीय श्याम श्रेष्ठ, पर्सा ठोरी नगरपालिका–१ नयाँ गाउँ घर भई काठमाडौँ नागार्जुन नगरपालिका–९ स्युचाटार बस्ने ४० वर्षीया शोभा तामाङ र तनहुँ बन्दिपुर गाउँपालिका–७ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–७ मनमैजु बस्ने ३९ वर्षीय अमृत माकिम थापा रहेका छन् ।
। पक्राउ पर्नेमध्ये श्यामले ३ जना पीडितबाट ६ लाख ५५ हजार रुपैयाँ, शोभाले ३ जना पीडितबाट ६ लाख १५ हजार रुपैयाँ र अमृतले १ जना पीडितबाट ३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्यामलाई काठमाडौँ थानकोटबाट, शोभालाई काठमाडौँ स्युचाटारबाट र अमृतलाई काठमाडौँको टेकुबाट पक्राउ गरिएको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्री एयरलाइन्सले भोलिबाट काठमाडौँ-भरतपुर उडान भर्ने
-
कोशी ब्यारेजको मर्मत गरिँदै
-
विपत्तिमा पनि सरकार जनताको साथमा देखिएन: साह
-
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
-
उपचार गर्न भारत गएको बेला राप्रपा महामन्त्रीको संगठन विभाग प्रमुख जिम्मेवारी खोसियो
-
मनसुनजन्य विपद्का कारण उपत्यकामा ६६ जनाको मृत्यु, देशभर १९ जना बेपत्ता