गाडीको ठक्करबाट बालकको मृत्यु
आइतबार, ३० भदौ २०८१, १७ : ५८
सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका-१ कंकालिनी मन्दिरस्थित सडकमा गाडीको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।
भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र.१-०२-००१ ज ३८६६ नम्बरको विङ्गर गाडीको ठक्करबाट सोही ठाउँ बस्ने महेश्वर अधिकारीको छोरा १० महिनाको आदर्श अधिकारीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको भारदह अस्पताल सप्तरी हुँदै विराट नर्सिङ होम विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
साथै गाडीको ठक्करबाट घाइते भएकी एक जना महिलाको विराट नर्सिङ होम विराटनगरमा र दुर्घटनामा घाइते भएका गाडीका सहचालकको भाण्टाबारी अस्पताल सुनसरीमा उपचार भइरहेको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
-
यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ? (सूचीसहित)
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण