सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
सोमबार, ३१ भदौ २०८१, १२ : ०४
वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा पसलबाट ४८ ग्राम ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको हो ।
प्रहरीको विशेष टोलीले भारत विहार मोतिहारी आदापुर निवासी विकासकुमार पटेललाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
उनकाअनुसार हिजो अबेर राति आएको सूचना अनुसार जाँच गर्दा एक सेकुवा पसलमा खाजा खाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले गोजीमा लुकाइरहेको अवस्थामा ४८ ग्राम ब्राउन सुगर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । पक्राउ परेका पटेललाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण