अपाङ्गता भएका १२ जना इजरायली पर्यटक नेपालमा, थोरङ्ला पाससम्म पुग्ने योजना
काठमाडौँ । अपाङ्गता भएका १२ जना सहित ९६ जना इजरायली पर्यटक एकै पटक नेपाल आएका छन् । नेपालस्थित इजरायली राजदूतावासको समन्वयमा पोखरा, मनाङ र मुस्ताङका विभिन्न क्षेत्रको भ्रमण गर्न उनीहरू नेपाल आएका हुन् ।
बुधबार बिहान ती पर्यटकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपालका लागि इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरेका थिए ।
उक्त भ्रमणको संयोजन सालोम राफ्टिङ ट्रेक्स एण्ड एक्सपिडीसन र मास्टर हिमालयले गरेको थियो । उक्त टोली बुधवार काठमाडौँबाट पोखरा पुगेको पुगेको छ । बिहीबार उक्त टोली पोखराबाट हेलिकोप्टर मार्फत मनाङ जानेछन् । त्यहाँबाट थोरङलापास हुँदै मुक्तिनाथ र जोमसोमबाट पुनः हेलिकोप्टर मार्फत पोखरा र पोखराबाट काठमाडौँ फर्किने तालिका रहेको छ ।
अपाङ्गता भएका पर्यटकहरूको आगमन र उनीहरूको साहसिक यात्राले नेपाल साहसिक पर्यटन मात्रै नभएर अपाङ्गमैत्री पर्यटकीय गन्तव्य भनि भएको सन्देश प्रभाव गर्ने पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए । ‘हामीले कतिपय स्थानमा अपाङ्गता मैत्री ट्रेल निर्माण गरेका छौँ । यस्तै अन्य स्थानमा पनि अपाङ्गता मैत्री पूर्वाधार बनोस् भन्ने कुरामा जोड दिएका छौँ । जसले नेपाल सवलाङ्गका लागिमात्र नभई अपाङ्गताहरूका लागि समेत राम्रो गन्तव्य हो भन्ने सन्देश प्रभाव गर्ने छ,’ उनले भने ।
विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै इजरायली राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपाङ्गमैत्री गन्तव्य भएको उल्लेख नेपालको सुन्दरताको लाभ लिन आग्रह गरे । ‘नेपाल प्रकृतिको अनुपम उपहार हो । यो देश साँच्चिकै सुन्दर छ । यहाँको कला संस्कृति र परम्परा र प्रकृति आतिथ्यले हरेक पर्यटकको मन लोभ्याउँदछ । विगतका वर्षहरूमा नेपाल भ्रमणमा आएका अपाङ्गता भएका पर्यटकहरूको वर्णनका आधारमा यति पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या आउँदा दिनमा पुनः बढ्नेछ,' उनले भने ।
नेपाल र इजरायलबिच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै उनले आउने दिनमा यो सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । यस्तै पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले अपाङ्गता भएका व्यक्तिहरूको नेपाल भ्रमण गर्ने सोच र योजनाले विश्वभरका अन्य व्यक्तिलाई समेत प्रोत्साहन मिल्ने बताए । ‘इच्छा शक्ति र आत्मविश्वास सबैभन्दा ठुला कुरा हो । जुन इच्छा शक्ति र आत्मविश्वासले तपाईँहरूलाई नेपालसम्म आइपुग्न अभिप्रेरित ग¥यो । यसले अपाङ्गता भएका अन्य व्यक्तिहरूमा पनि नेपाल भ्रमण गर्ने उत्साह सञ्चार गर्नेछ,’ उनले भने ।
इजरायली राजदूतावासको समन्वयमा गत वर्ष पनि अपाङ्गता भएका पर्यटकको एउटा टोलीले नेपाल भ्रमण गरेको थियो । सन् २०२३ मा ६ हजार ४१७ जना इजरायली पर्यटकले नेपाल भ्रमण गरेकोमा सन् २०२४ को अगस्टसम्म ३ हजार २०५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण