माधव नेपालको निर्देशन : सिरक ओढ्नुस्, पानी पिउनुस् तर पाटीविरुद्ध नलेख्नुस्
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीकै नेता-कार्यकर्ताहरूले पार्टीमा निराशा पैदा गर्नेगरी लेख्ने र बोल्ने गरेको भन्दै अबदेखि पार्टीविरुद्ध लाग्नेहरूलाई छुट नदिने चेतावनी दिएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही केही नेता कार्यकर्ताहरूले पार्टीमा निराशा पैदा गर्नेगरी लेख्ने गरेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।
‘केही केही साथीहरूले अनेक ढङ्गले निराशा पैदा गर्नेगरी लेख्ने गरिरहेका छन्, बोल्ने गरिरहेका छन् । त्यो तरिका गलत हो’, अध्यक्ष नेपालले भने, ‘जे लागेको छ पार्टीभित्र राख्नुस्, कमजोरी छन् भने छलफलको विषय बनाऔँला । तर चुनावमा नजितेपछि असन्तुष्टि पोख्दै हिँड्ने कुरा गलत हो त्यसलाई छुट दिन सकिँदैन ।’
अध्यक्ष नेपालले पार्टीप्रतिको जनताको विश्वलाई कमजोर बनाउने कुनै पनि काम पार्टीमा माया भएको मानिसले गर्न नहुने भन्दै रिसको झोँकमा लेख्नुको साटो बरु घरमा गएर पानी पिएर, नबोलेर र मोबाइल समेत नचलाउन सुझाव दिए । ‘अहिलेसम्म छुट धेरै दिइएको छ । छुट दिएर पार्टी चल्दैन’, नेपालले भने, ‘तर यसको मतलब हामीले मानिसहरूलाई कहिल्यै पनि जानुस् भन्न हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण