संयुक्त अभ्यासका लागि चीन उड्यो नेपाली सेनाको टोली
शुक्रबार, ०४ असोज २०८१, १६ : ४७
काठमाडौँ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका फौजबिच संयुक्त अभ्यास हुने भएको छ । 'सगरमाथा फ्रेन्डसिप' नाम दिइएको संयुक्त अभ्यास सहभागी हुन नेपाली सेनाको टोली शुक्रबार चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
शनिबारदेखि आश्विन १५ गतेसम्म चीनको Chongqing मा सञ्चालन हुने उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघिय शान्ति मिसन, प्रतिआतंकबाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुने सेनाको भनाइ छ ।
वि.सं. २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो । नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आइरहेको सो अभ्यास कोभिड-१९ को महामारी पश्चात् केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण