ईपीएस उत्पादनमूलकको सीप परीक्षणको नतिजा प्रकाशित
शुक्रबार, ०४ असोज २०८१, १९ : ५२
_5xasihf8bm_DkXjQYG4uL.webp)
काठमाडौँ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको सीप परीक्षणको नतिजा प्रकाशित गरेको छ ।
ईपीएस शाखाले शुक्रबार कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल र कम्पिटेन्सी टेस्टको नतिजा प्रकाशित गरेको हो ।
गत १८ देखि २४ भदौसम्म भएको सीप परीक्षणमा ८ हजार ९३२ जना सहभागी भएका थिए । त्यसमध्ये ८ हजार १५१ जना उत्तीर्ण भएको ईपीएस शाखाले जनाएको छ ।