लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा
आइतबार, ०६ असोज २०८१, ०० : २२
काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबारको खेलमा लिभरपुलले पाहुना टोली बोर्नमाउथविरुद्ध जित निकालेको छ । जितसँगै लिभरपुल १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले बोर्नमाउथविरुद्ध ३–० को सहज जित निकाल्यो । लिभरपुलको जितमा लुइस डियाजले दुई तथा डार्विन नुएले एक गोल गरे।
खेलको २६औँ मिनेटमा लुइले गोल गर्दै लिभुपुललाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको दुई मिनेट पछि पुन लुइले गोल गर्दै अ्रगता दोब्बर बनाए।
३७औँ मिनेटमा डार्विनले गोल गर्दै पहिलो हाफमै लिभरपुललाई ३–० को आरामदायी अग्रता दिलाए। त्यसपछि बाँकी समय थप गोल नहुँदा लिभरपुल विजयी भयो।
प्रतियोगितामा एक खेल कम खेलेको साविक विजेता म्यान्चेस्टर सिटीलाई गोल अन्तरको आधारमा पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण