गगनप्रति सङ्केत गर्दै रविले भने– कसैको राजनीति बचाइदिन म बलिको बोको बन्नुपर्ने ?
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले नेपाली कांग्रेस महामन्त्री गगन थापा लक्षित टिप्पणी गरेका छन् । उनले गगनको राजनीतिक भविष्य जोगाउन आफूलाई प्रतिशोध साँधिएको बताए । पार्टी कार्यालयमा सञ्चारकर्मी र समर्थकहरूसँग बोल्दै उनले मिडिया ट्रायल गरेर आफूलाई सक्दै नसक्ने बताए ।
‘कसैको राजनीति बचाइदिन मलाई बलिको बोको बनाइयो । प्रतिशोध साँधियो‚’ उनले भने । साथै उनले पञ्चायतकालीन राजनीति जस्तै सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए । साथै उनले अनुसन्धानमा सहयोग गर्ने भन्दै थपे‚ ‘हामीले कुनै अराजनीतिक क्रियाकलाप गरेका छैनौँ । हामीले केही बिराएको छैन । भर्खरै आएको दलसँग किन यति डराएको ?’
उनले सरकारले केही नभने पनि निर्धक्क हुने अवस्था नभएको र आफूलाई झुक्क्याएर छक्याउन जरूरी नभएको पनि उल्लेख गरे । उनले प्रतिवेदनले सहकारी घोटालामा आफ्नो संलग्नता कुनै पनि ढङ्गबाट आफ्नो सहभागिता नभएको उल्लेख गरे । ‘यिनको ध्यान रविलाई जेल हाल्नेमा छ‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण