इन्जुरी समयमा गोल खाँदा म्यानचेस्टर सिटी र आर्सनलले अंक बाँडे
काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत पाँचौ चरणको खेलमा म्यानचेस्टर सिटी र आर्सनलले अंक बाँडेका छन् ।
आइतबार राति घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा म्यानचेस्टरले १० खेलाडीमा सीमित आर्सनलविरुद्ध जीत निकाल्न सकेन ।
खेलको सुरुवाती ९ मिनेटमै म्यानचेस्टरका लागि अर्लिङ हालान्डले गोल गरेका थिए । आर्सनलका रिकार्डो क्यालाफियोरीले २२ औँ मिनेटमा जवाफी गोल गर्दा खेल बराबरीमा फर्कियो ।
आर्सनलले ४६ औँ मिनेटमा थप एक गोल थपेर अग्रता बनायो । उसका लागि ग्याबरियलले गोल गरे । तर खेलमा निकै अत्तालिएको आर्सनलका लिन्ड्रो ट्रोसर्ड पहिलो हाफमै दोहोरो पहेँलो कार्डका कारण मैदान बाहिर भए ।
त्यसपछि १० खेलाडीमा सीमित बनेको आर्सनलले दोश्रो हाफभरि म्यानचेस्टरलाई रोक्न निकै बल लगाउनुपरेको थियो ।
आर्सनलले आफ्नो अग्रता बचाउन नसक्दा इन्जुरी समयमा म्यानचेष्टरका लागि जोन स्टोन्सले बराबरी गोल गर्दै अंक बाँड्ने अवस्थामा पुर्याए । खेलमा म्यानचेस्टर हाबी भएपनि परिणाम भने ल्याउन सकेन ।
पाँच खेल खेल्दा चारमा जित निकालेको म्यानचेस्टर सिटी १३ अंकसहित शीर्ष स्थानमा छ । तीन खेलमा जीत र दुईमा बराबरीमात्रै बनाउन सकेको आर्सनल ११ अंकसहित चौथो स्थानमा छ ।
आइतबार भएको अर्को खेलमा ब्रीङटोन र नोटिङह्यामले पनि अंक बाँडेका छन् । उक्त खेलमा पनि २-२ कै बराबरी रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण