तस्करीमा संलग्न ६ जना पक्राउ
रौतहट । रौतहट प्रहरीले भन्सार छली तथा तस्करीमा संलग्न ६ जना मानिसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरूबाट परिचालित गस्ती टोलीले पटक-पटक सम्झाई बुझाई गर्दा पनि नमानी तस्करी गर्ने गराउने गरेको अवस्थामा ६ जना मानिसहरूलाई सामानसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गौर नगरपालिका-१ का वर्ष ३४ का राजेश कुमार पासवान , वर्ष २८ का रवीन्द्र कुमार यादव , वडा-२ का वर्ष १८ का गणेश भारती, वडा-४ का वर्ष २२ का रवीन्द्र साह, वडा ५ का वर्ष २७ का मुकेश कुमार महतो, ईशनाथ नगरपालिका ५ लक्ष्मिनिया टोल बस्ने लम्बु भन्ने शेख सफरुल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन्।
पक्राउ गर्दा प्रहरीसँग अभद्र व्यवहार गरेको हुँदा पक्राउ परेका सबै ६ जना माथि अभद्र व्यवहार मुद्दामा कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
-
यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ? (सूचीसहित)
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण