समाचार
सरकारी वकिल कार्यालयमा दुर्गा प्रसाईंसँग २ घण्टा बयान
मङ्गलबार, ०८ असोज २०८१, १७ : ५०
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग मंगलबार बयान लिइएको छ । झन्डै २ घण्टा लामो समयसम्म सरकारी वकिल कार्यलय काठमाडौँमा प्रसाईंसँग बयान लिइएको हो ।
प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउको भोलिपल्ट उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई प्रहरीले वीर अस्पतालमा भर्ना गरेको थियो ।
अस्पतालले प्रसाईँलाई मंगलबार डिस्चार्ज गरेसँगै बयानका लागि सरकारी वकिलमा लगिएको साइबर ब्यूरोका एक अधिकृतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण