समाचार
दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज
मङ्गलबार, ०८ असोज २०८१, १५ : ५२

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । असोज ६ मा प्रसाईँलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो । उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई प्रहरीले वीर अस्पतालमा भर्ना गरेको थियो ।
अस्पतालले प्रसाईँलाई डिस्चार्ज गरेको साइबर ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । विद्युतीय अपराध सम्बन्धी कसुरमा उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
ब्यूरोले उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राख्ने भएको छ । ब्यूरोका ती अधिकृत भन्छन्, ‘उहाँलाई अब अनामनगरस्थित सिंहदरबार वृत्तको हिरासतमा राख्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
मन्त्रालयको सिफारिस जाइकाले उल्ट्यायाे, राजनीतिक हस्तक्षेपको आशंका
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु