जसपा नेपाल ओखलढुंगाको अभियन्ता अभिमुखीकरण कार्यक्रम सुरु
ओखलढुंगा । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत ओखलढुङ्गामा अभियन्ता अभिमुखीकरण सुरु भएको छ । बुधबार सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले अभियानको उद्घाटन गरेका हुन् ।
जसपा नेपालले केन्द्रीय सदस्यहरुलाई पालिका समिति गठन र पुनर्गठनको जिम्मेवारीमा खटाएको छ । अभियानमा खटिएका अभियन्तालाई अभियानबारे प्रशिक्षण गर्न प्रदेश र जिल्लाहरुमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
जसपा नेपालले सबै तहका पदाधिकारी एवं सदस्यहरुलाई सक्रियतापूर्वक सङ्गठन सुदृढीकरण एवम् शुद्धिकरण कार्यमा निरन्तर लाग्न निर्देशन दिएको छ । यस अभियानमा असहयोग गर्ने, निष्कृय रहने, सहभागी नहुनेलाई मातहतका समितिले पार्टीको जिम्मेवारीबाट मुक्त गर्न सक्ने बताइएको छ ।
पार्टीका पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरुलाई अभियानको समन्वय र अनुगमनको जिम्मेवारी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा बराबरीपछि नेदरल्यान्ड्स र मोरक्कोबिचकाे खेल अतिरिक्त समयमा
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
-
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
गाक्पोको गोलमा नेदरल्यान्ड्सले लियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण