कारमै देहव्यापार, ६ पुरुषका साथ एक महिला पक्राउ
काठमाडौँ । होटलमा तथा फ्ल्याट भाडामा लिएर देहव्यापार हुने गरेका समाचार प्रकाशमा आइरहेका हुन्छन् । तर कारमै देहव्यापार भएको घटनासमेत प्रकाशमा आएको छ ।
भारतको उत्तर प्रदेश राज्यको अम्बेडकरनगर जिल्लामा प्रहरीले कारभित्र अनैतिक काम भइरहेको अवस्थामा ७ जनालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा ६ पुरुष र एक महिला छन् । उनीहरू एउटै कारमा थिए ।
उनीहरूलाई अश्लील गतिविधिमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ । बसखारी थाना क्षेत्र अन्तर्गत गस्तीमा रहेको प्रहरी टोलीले राजमार्गमा रोकिएको एउटा कारमा उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारेको हो ।
उनीहरूको साथबाट १० वटा कण्डम, एक हजार ७१० रुपैयाँ नगद, ७ मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै अर्को एक घटनामा प्रहरीले दुई पुरुष र एक महिलालाई पक्राउ गरेको छ । बेवाना थाना क्षेत्र अन्तर्गत चेकिङका क्रममा एक कारमा दुई पुरुष र एक महिला आपत्तिजनक अवस्थामा फेला परेको बताइएको छ । उनीहरूको साथबाट प्रहरीले तीन प्याकेट कण्डम, ४ मोबाइल फोन र दुई हजार ६०० रुपैयाँ नगद बरामद भएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण