‘बेहुली फ्रम मेघौली’ ३० वर्ष लाग्न लागेकी अविवाहित युवतीको कथा हो : स्वस्तिमा
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले ‘बेहुली फ्रम मेघौली’ नारीप्रधान फिल्म भएको बताएकी छन् । यो परम्परागत रूपमा बुझिने रोनाधोनायूक्त नारीप्रधान फिल्म नभएको उनको धारणा छ ।
‘घरका पर्खाल नाघेर अघि बढिरहेका नारीका प्रधान विषय रोनाधोनायूक्त मात्र हुँदैन भन्ने विषयमा यो फिल्मले देखाएको छ’, उनले भनिन्, ‘फिल्म नारीप्रधान भइकन पनि रमाइलो कथा बोकेको छ । यो ३० टेक्न थाल्दा पनि अविवाहित बसेकी, परिवार र समाजले जसरी पनि बिहे गर्नैपर्ने दबाबको सेरोफेरोमा रहेकी युवतीको कथा हो ।’ दर्शकका लागि यो नयाँ कथा र रमाइलो परिदृश्यले भरिएको फिल्म हुने उनले दाबी गरिन् ।
‘स्क्रिप्ट पढ्नु पहिले निर्देशकहरुले यो नारीप्रधान फिल्म भनेका थिए । कसैले नारीप्रधान फिल्म भन्यो कि अलि दुखीयारी किसिमको कथा हुन्छ जस्तो लाग्थ्यो’, उनले थपिन्,‘स्क्रिप्ट पढेपछि यो नारीप्रधान हुँदाहुँदै पनि व्यावसायिक र दर्शकले रमाइलो मान्ने कथा भेटेको उनले सुनाइन् ।
स्वस्तिमा फिल्मको अभिनेत्री मात्र नभएर निर्माता पनि हुन् । फिल्मको कथा निकै फरक रहेको कारण पनि आफूले निर्माण गरेको उनी बताउँछिन् ।
फिल्मको लेखन निर्देशनद्वय साजन बराल र आकाश काफ्लले गरेका हुन् । दुवैको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्ममा स्वस्तिमाको अलवा निश्चल बस्नेतको पनि मुख्य भूमिका छ । स्वस्तिमाले अभिनेता पति निश्चलसँगे मिलेरु फिल्म बनाएकी हुन् ।
फिल्ममा स्वस्तिमा र निश्चलको अलवा वसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ । फिल्म ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण