उपत्यकाबाहिर पहिलो ट्रमा सेण्टर बर्दघाटमा, मन्त्री पौडेलद्वारा शिलान्यास
बर्दघाट । नवलपरासी बर्दघाट सुस्तापूर्वको बर्दघाट-२ चिसापानीमा संघीय राजधानीबाहिर पहिलो ट्रमा सेन्टर निर्माण सुरु भएको छ ।
सेन्टरको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार शिलान्यास गरे । १२ करोड ३४ लाख रुपैयाँ लागतमा संघ सरकारबाट निर्माण शुरु भएको सेन्टर एक बिघा बढी क्षेत्रफलमा बन्नेछ ।
१५ बेड क्षमताको भवन शिलान्यास गर्दै मन्त्री पौडेलले विशिष्टिकृत सेवाहरु विस्तार गर्ने सोच आफूहरुको रहेको भन्दै प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालहरुबाट संघीय राजधानीमा उपलब्ध सेवाहरु विस्तार गर्ने प्रयास थालिएको बताए ।
क्यान्सर उपचार सेवा सातै प्रदेशमा भएको उल्लेख गर्दै मन्त्री पौडेलले क्रमैसँग मुटु, मृगौलालगायतका उपचारहरुसमेत विस्तार गर्ने लक्ष्य रहेको बताए । स्वास्थ्य बीमामा सुधार आफूहरुको प्राथमिकतामा रहेको भन्दै मन्त्री पौडेलले छरिएर हुने स्वास्थ्य क्षेत्रको खर्च एकीकृत गरेर स्रोतसमेत थप्ने अवस्थामा हरेक नागरिकलाई ५ लाख बराबरको स्वास्थ्य बीमा सुविधा दिन सकिने बताए ।
'आम नागरिकलाई सहज होस् भन्नका लागि बीमा सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं,' मन्त्री पौडेलले भने, 'यसलाई सुधार्न सकियो भने सबै नागरिकलाई बीमामा आकर्षित गर्न सकिन्छ भन्ने विश्वास छ ।'
कार्यक्रममा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित भएसँगै सेन्टर खोल्ने चाहना राखेकामा अघि बढ्न सफल भएको भन्दै सघाउने संघीय सरकारलगायत सबैप्रति आभार प्रकट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी
-
नकआउट चरणको आशसहित दक्षिण अफ्रिका र दक्षिण कोरिया प्रतिस्पर्धामा
-
लमजुङमा विद्युत् उत्पादन बढ्यो
-
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण